भोटले जितेका प्रतिनिधि कारमा,भुइँ मान्छे अन्धकारमा

भोटले जितेका प्रतिनिधि कारमा,भुइँ मान्छे अन्धकारमा

सुर्खेतको पञ्चपुरी नगरपालिकाका केही भागमा वर्षौंदेखि बिजुली नभएकाले रातमा अन्धकार हुने गरेको छ । नगरपालिकाका ११ वडामध्ये ४, ५, ६ र ९ बाहेकका स्थानीय अझै पनि बिजुली नभएर अन्धकारमा बस्नु परेको स्थानीय समाजसेवी कुमार लामा बताउँछन् ।

‘पाँच वर्ष पहिले पनि भोट माग्ने बेलामा अनेक सुविधा दिन्छौं भनेर नेताहरु घर–घरमा आए । भोट दियौं तर जितेर गएपछि केही गरेनन् । अहिले पनि त्यस्तै गरे, फर्केर आएनन्,’ पञ्चपुरी ८ निवासी माया थिङले भनिन् ।

स्थानीयको उक्त गुनासोबारे नगरप्रमुख लालवीर भण्डारीले आफ्नो प्रयास जारी रहेको बताउँछन् । उनले भने,‘प्रयास गरिरहेका छौं,लामो समयदेखि यस्तै छ । म जनप्रतिनिधि भएको भर्खर हो । आगामी दुई महिनाभित्र बिजुली समस्या समाधानको प्रयास गर्नेछु ।’

आगामी पाँच वर्षभित्र शिक्षा,स्वास्थ्य,खानेपानी र सडकको विकासमा लागिपर्ने भनी भण्डारीले जनआस्थासँग प्रतिबद्धता दोहोर्याएका छन् ।

टिप्पणीहरू