रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश
सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर जेलबाट छुटाउन कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । आज बसेको क्याबिनेट बैठकले अध्यादेश ल्याउने निर्णय गरेको छ ।
कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’का प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि रेशम चौधरी अहिले पनि जेलमा छन् । उनले जेलबाटै दर्ता गरेको पार्टीले मङ्सिर ४ को निर्वाचनमा तीन सीट जितेर सरकार गठनमा निर्णायक बनेको छ ।
यसअघि गत भदौ २७ गतेको क्याबिनेट बैठकले पनि टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो । क्याबिनेटले राजनीतिक निर्णय गरी प्रशासनिक एवम् अर्ध न्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फर्छ्यौट गर्न र कानूनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो ।
सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो ।
टिप्पणीहरू