भारतीय दूतावासको बैठकमा ‘र’ का हाकिमसङ्गै ऋषि धमला पनि सामेल

भारतीय दूतावासको बैठकमा ‘र’ का हाकिमसङ्गै ऋषि धमला पनि सामेल

लैनचौरस्थित भारतीय राजदूतावासमा हिजो दिउँसो भएको एउटा बैठकमा पत्रकार ऋषि धमला सामेल भएका छन् । दिउँसो २ बजेदेखि ४ बजेसम्म भएको बैठकमा सामेल हुन धमला २ नबज्दै त्यहाँ पुगेका थिए ।

दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव र खुफिया एजेन्सी ‘र’ का अनिल गिरीसँगको भेटमा धमला पनि सामेल भएका हुन् । यसअघि पनि धमलासहित केही टेलिभिजनका प्रमुखहरुले भारतीय दूतावास तथा ‘र’ का अधिकारीहरुसँग नियमित रुपमा भेटघाट गर्दै आएका छन् ।

टिप्पणीहरू