अब सरुवा,बढुवा,खर्च जे गर्दा पनि छुट
मङ्सिर ४ मा सम्पन्न संघ तथा प्रदेशको निर्वाचनका लागि गत असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता आजदेखि सकिएको छ । आजबाट आचारसंहिता नरहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता,२०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूलाई जानकारी गराएको छ ।
टिप्पणीहरू