अन्तर्घातीको विवरण खोज्दै नेपाली काँग्रेस
नेपाली कांग्रेस काभ्रेले संघ तथा प्रदेशको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता-कार्यकर्ताको विवरण संकलन गर्न लागेको छ । जिल्ला समितिले सबै वडा कार्यसमितिलाई पत्र चुनावमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको हो ।
सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तरघातीहरूको नाम सिफारिस गर्न भनिएको छ ।
टिप्पणीहरू