एनआईसी एसिया बैंकको विश्वकप योजना

एनआईसी एसिया बैंकको विश्वकप योजना

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एसिया बैंकले ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरी यस बैंकले उक्त योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग ९एनआईसी एसिया मोबाइल बैंक ० एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई पाँच सयदेखि दुई हजारसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था रहेको छ । साथै, उक्त योजनाअन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने छ । 

२० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको यस एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्ने बताइएको छ ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० जना ग्राहकलाई २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था रहेको छ । 

मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंकका रुपमा पनि यस बैंकलाई चिनिन्छ । यस बैंकले मुलुकभर ३५९ ओटा शाखा कार्यालय, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्षका उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुप्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व यस बैंकले नेपाल सरकारलाई भुक्तान गरिसकेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन पनि यस बैंक सफल भएको थियो । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठुलो योगदान रहेको थियो । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा हालसम्म यस बैंकले ३४ ओटाभन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको  ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा यस बैंकले आफ्ना ७२  प्रतिशत शाखा कार्यालयहरू स्थापना गरिसकेको छ ।

टिप्पणीहरू