एनआईसी एसिया बैंकद्धारा ग्राहकलाई केवाइसी सुविधा

एनआईसी एसिया बैंकद्धारा ग्राहकलाई केवाइसी सुविधा

एनआईसी एसिया बैंकले ग्राहकको केवाइसी विवरण अद्यावधिक गर्ने भएको छ । 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यस बैंकले केवाइसी विवरण पनि अद्यावधिक गर्न सक्ने भएको छ । 

घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न ग्राहकले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी भी९केवाइसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल दुबै विकल्प छनौट गरी पेश गर्नुपर्ने छ । 

त्यसपश्चात् ग्राहकले आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुकूल समयमा भिडियो कलमार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुने छ । 

अथवा बैंकिङ्ग समयमा भिडियो कलको लागि अपोर्डमेन्ट बुक गरी सो समयमा केवाइसी विवरण अद्यावधिक गर्न सकिने बताइएको छ । बैंकले यसअघि अनलाइन खाता खोल्ने ग्राहकको लागि अनलाइनबाटै उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकले भी– केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचानपत्र ९नागरिकता,पासपोर्ट, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र० तथा सेतो कागज र कालोनिलो मसी भएको पेन आफूसँग राखी कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत  देखाउनुपर्ने छ । 

यसरी भी– केवाइसीमार्फत केवाइसी विवरण अद्यावधिक गरेपश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने जनाइएको छ । स्वदेश वा विदेशमा रहनुभएका ग्राहकलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने बताइएको छ । साथै, उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास दिलाएको छ ।

मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंकमध्ये एनआईसी एसिया बैंक पनि एक हो । यस बैंकले मुलुकभर ३५९ वटा शाखा कार्यालय, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्षका उमेर समूहको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यो बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुप्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व यस बैंकले नेपाल सरकारलाई भुक्तान गरिसकेको छ । गत आर्थिक वर्षमा यस बैंकले ३ अर्ब ४१ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको छ । 

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठुलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा यस बैंकले ३४ वटाभन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा यस बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरिसकेको छ ।

टिप्पणीहरू