प्रचण्ड भेट्न दुबै प्रहरी प्रमुख संगसंगै खुमलटारमा

प्रचण्ड भेट्न दुबै प्रहरी प्रमुख संगसंगै खुमलटारमा

राजनीतिक तथा कूटनीतिक भेटघाटका कारण सधैँ व्यस्त रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज दिउँसो भने सुरक्षा अंगका प्रमुखहरु एकैसाथ देखिएका छन् । प्रचण्ड भेट्न सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरु संगसंगै खुमलटार पुगेका हुन् । 

उच्च सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरीका आइजीपी धिरजप्रताप सिंह र सशस्त्रका आइजीपी राजु अर्याल दिउँसो साढे १ बजेतिर खुमलटार छिरेका थिए । 

निर्वाचनपछि प्रधानमन्त्रीमा दावी गर्दै आउनुभएका अध्यक्ष प्रचण्डले दुबै प्रहरी संगठनका प्रमुखसँग एकैसाथ भेटवार्ता गर्नुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । अहिले प्रहरीतर्फ अध्यादेश ल्याएर भए पनि ऐन सँशोधनको तयारी चलिरहेको छ ।

टिप्पणीहरू