अमेरिकी राजदूतले कर्णाली र लुम्बिनीवासीसँग जानकारी लिने

अमेरिकी राजदूतले कर्णाली र लुम्बिनीवासीसँग जानकारी लिने

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन आज कर्णाली र लुम्बिनी प्रदेशको भ्रमणमा सुर्खेत पुग्नुभएको छ । उहाँ श्रीमती र अमेरिकी सहयोग नियोग युएसएड नेपालका निर्देशक सेपिडे केभान्साडसँगै काठमाडौंबाट बिहान त्यता जानुभएको हो ।  

उहाँहरुले कर्णाली र लुम्बिनी प्रदेशमा अमेरिकी नियोगको सहयोगमा सञ्चालित परियोजनावारे जानकारी लिने कार्यक्रम छ । दूतावासका अनुसार नेपालमा सामाजिक तथा आर्थिक समावेशीकरणको समर्थनमा अमेरिकी नियोगले नेपाल सरकार, स्थानीय समुदाय र सीमान्तकृत समुदायहरूसँग गरेको सहकार्यबारे राजदूतले प्रत्यक्ष जानकारी लिनुहुनेछ । 

राजदूत थम्पसन नेपालमा राजदूतको जिम्मेवारी सम्हाल्न आएपछि राजधानी काठमाडौँ बाहिर जानुभएको यो नै पहिलो पटक हो ।

टिप्पणीहरू