नेकपाएसका जनवर्गीय संगठनहरु एकै ठाउँ

नेकपाएसका जनवर्गीय संगठनहरु एकै ठाउँ

नेकपा (एकीकृत समाजवादी) को घटक संगठनको बैठक बसेको छ । चुनावी समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो ।
 

बैठकले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा र आगामी कार्ययोजना तय गरेको मोर्चा फाँट इन्चार्ज तथा पार्टी उपमहासचिव डा. विजय पौडेलले बताउनुभयो ।

प्रत्येक मोर्चा संगठनको तत्काल जिल्ला तहसम्मको  बैठक बसाली समीक्षा टिपोट लिने कार्ययोजनाबारे बैठकले महत्वपूर्ण निर्णय गरेको मोर्चा फाँटका सह इन्चार्ज भविश्वर पराजुलीले जानकारी दिनुभयो । 

पार्टीअन्तर्गत २१ वटा मोर्चा संगठनहरू क्रियाशील छन् ।

टिप्पणीहरू