माओवादी अध्यक्षलाई भ्याईनभ्याई,डा.शेखर निस्केपछि झाँक्रीको प्रवेश

माओवादी अध्यक्षलाई भ्याईनभ्याई,डा.शेखर  निस्केपछि झाँक्रीको प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा घुइँचो लागेको छ । सत्ता गठबन्धनको शीर्ष नेतासमेत रहेका उहाँलाई काँग्रेस र एकीकृत समाजवादीका नेताहरुले पालैपालो भेटेका हुन् ।  

शुरुमा दिउँसो ३ बजेतिर काँग्रेस नेता डा. शेखर कोइराला माओवादी दलको कार्यालय पुग्नुभएको थियो । कोइराला निस्केपछि कांगेसकै अर्का नेता अर्जुननरसिंह केसी त्यहाँ पुग्नुभयो । त्यसको केही बेरमै खानेपानी मन्त्री उमाकान्त चौधरी माओवादी कार्यालयमा छिर्नुभयो । अपरान्ह चार बजेतिर प्रचण्डको कार्यकक्षमा पुग्नुभएका चौधरी १० मीनेट मात्र त्यहाँ रहनुभएको थियो ।   

त्यसलगत्तै एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री प्रचण्ड भेट्न माओवादी कार्यालयमा पुग्नुभयो । झण्डै पौने एक घण्टा कुराकानी गरेर पूर्वमन्त्रीसमेत रहेकी झाँक्री त्यहाँबाट निस्किएको बताइएको छ ।

टिप्पणीहरू