रेशम चौधरीहरुलाई छुटाउने अध्यादेश पुग्यो शीतल निवासमा

रेशम चौधरीहरुलाई छुटाउने अध्यादेश पुग्यो शीतल निवासमा

रेशम चौधरीसहित राजनीतिक आन्दोलनका दौरान थुनामा परेकाहरुलाई छाड्ने गरी कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । 

हिजो बसेको क्याबिनेट बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो । राष्ट्रपति कार्यालयका सन्चार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए ।

सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै विरोध भइरहेको छ । तर,सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश ल्याइएको बताएका छन् । 

क्याबिनेट वैठकका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न अध्यादेशले सहज वातावरण बनाउने बताउनुभयो ।

टिप्पणीहरू