हृदयाघातबाट सशस्त्र प्रहरी जवान अस्पतालको ओछ्यानमै बिते

हृदयाघातबाट सशस्त्र प्रहरी जवान अस्पतालको ओछ्यानमै बिते

हिजो राति छाति दुःखेपछि अस्पताल पुर्याइएका सशस्त्र प्रहरी जवानको तत्काल निधन भएको छ । गोरखास्थित सशस्त्र गुल्ममा कार्यरत रसिन गुरुङको अस्पताल पुर्याएको केही बेरमा ज्यान गएको बताइएको छ । 

गुरुङ्गले राति ११ बजेको समयमा छाति दुःखेको बताएपछि नजिकैको गोरखा अस्पताल पुर्याइएको गुल्म स्रोतले बतायो । तर,अस्पताल पुर्याएको आधा घण्टामै उनले प्राण त्यागेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

उनको निधनबारे सशस्त्र प्रहरी बलको मुख्यालयमा जानकारी प्राप्त भए पनि विस्तृत विवरण आइसकेको छैन । प्रवक्ता तथा वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले भने, ‘हृदयाघातका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ । विस्तृत विवरण आइसकेको छैन ।’
 

टिप्पणीहरू