माछापुच्छ्रे बैंकमा भाइले छाडेपछि दाई अध्यक्ष

माछापुच्छ्रे बैंकमा भाइले छाडेपछि दाई अध्यक्ष

माछापुच्छ्रे बैंकका नयाँ अध्यक्ष डा. उपेन्द्र महतोले शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मंसिर १२ गतेको बैंक सञ्चालक समितिको ४७२ औं बैठकले डा.महतोलाई अध्यक्षमा चयन गरेको थियो । शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित अन्य पदाधिकारीहरुको उपस्थिति थियो । 

त्यसैगरी माछापुच्छ्रे बैंकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृतहरु पनि त्यसबखत नेपाल राष्ट्र बैंक पुगेका थिए । 

यसअघि अध्यक्ष वीरेन्द्र महतो सिरहाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बैंकको अध्यक्ष रिक्त भएको हो । वीरेन्द्र उनका भाइ हुन् भने धनुषाबाट निर्वाचित एमाले सचिव रघुवीर महासेठ र उनकी श्रीमती जुली महतोका उनी जेठान र दाइ हुन् ।

टिप्पणीहरू