फौजीहरु जो यसचोटि फुत्किएनन्
यसचोटिको चुनावी मैदानमा फौजका भूपू हाकिम थुप्रै देखिए, तर चुनावचाहिँ तीन जनाले मात्रै जितेका छन् । प्रतिनिधिसभामा पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधानले नवलपरासी पूर्वबाट, पूर्वइन्स्पेक्टर रामप्रकाश चौधरीले सर्लाहीबाट र प्रदेशसभातर्फ सशस्त्रका पूर्वएसएसपी मानबहादुर रावलले अछामबाट जितेका छन् । जितको नजिक–नजिक पुग्दापुग्दै पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल काठमाडौं–६ बाट र नवराज सिलवाल ललितपुर–१ बाट पराजित भए ।
काठमाडौं–१ मा पूर्वडिआइजी रमेश खरेल, काठमाडौं–४ मा सशस्त्रका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ, त्यही क्षेत्रबाट अर्का एआईजी केके तामाङ र ललितपुर–३ मा सशस्त्रकै पूर्व डिआईजी केबी ब्रह्मचार्य पनि उठे । तर, प्रतिस्पर्धीहरुभन्दा निक्कै कम मतले चुनाव हारे । केके तामाङले त चुनाव चिह्न ‘मान्छे’ लिएर उठ्दा जम्मा ५६ भोट ल्याए, जबकि राप्रपाबाट उठेका ठाकुरमोहनले ४ हजार ५० मत पाए ।
ललितपुर– २ मा पूर्वमहासेनानी रघुवर थापा राप्रपाबाट, पूर्वसेनानी विनोद खड्का प्रदेशसभामा ललितपुर १ बाट पराजित भए । तनहुँ २ का सेनानी नरेन्द्र महत राप्रपाबाटै उठेका थिए । प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तु क्षेत्र नं. २ को प्रदेशसभा १ मा कांग्रेसबाट उठ्दा २० हजार ६ सय १४ मत ल्याएर झिनो मतान्तरले हारे । एमालेका नवराज लामिछानेले २१ हजार १ सय ३६ मत ल्याएर जिते ।
टिप्पणीहरू