बर्दीधारी व्यभिचारीलाई यस्तरी जोगाउँछ बालुवाटार

बर्दीधारी व्यभिचारीलाई यस्तरी जोगाउँछ बालुवाटार

जहाँ–जहाँ आर्थिक स्वार्थ छ, त्यहाँ–त्यहाँ बालुवाटारको आँखा तिखो हुँदा फौजी कमाण्डर निरीह बन्न पुगेका छन् ।  प्रसंग हो, सशस्त्र प्रहरीको । अनियमितता गरेपछि बाहिनीका डिआइजीद्वारा दण्डित इन्स्पेक्टर हेडक्वार्टर लखेटिन्छन् । काठमाडौं पुगेपछि पैसाले शक्ति चम्काउँछ, फेरि फर्किएर त्यहीँ देखिन्छन् ।

चुनावलगत्तै वीरगञ्ज भन्सार नजिकै अलौमा हल्चोकबाटै खटिएको टोलीले केही भन्सार छलीका सामान बरामद ग¥यो । वीरगञ्ज बिओपीका इन्स्पेक्टर रवीन्द्र भट्टको अडियो काण्ड छानबिन गर्दा उनी दोषी ठहर भए । तर, बर्दिबासबाट डिआइजी गणेश ठाडामगरले गरेको कारवाही बालुवाटारको ‘आदेश’ मा हेडक्वार्टरले रद्द गरिदियो । सुदूरपश्चिमका भट्ट फेरि वीरगञ्ज फर्किए ।

उता प्रधानमन्त्रीकै गाउँले अर्का इन्स्पेक्टर प्रकाश भट्टले नचाखेको मधेश र प्रदेशको कुनै बोर्डर पोष्ट छैन । वीरगञ्जबाटै एसपी तेजप्रसाद पोखरेल तानिए, फेरि फर्किए । र अब फेरि तानिएकोमा छिट्टै वीरगञ्ज फर्किंदै छन् । यसरी गलत आचरण भएका बर्दीधारीलाई च्याप्ने पात्र हुन्, प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा । दार्चुलाको राशन घोटाला काण्डमा कारवाहीमा परेका त्रिभुवन बिष्टलाई फेरि दार्चुला नै पठाउने प्रयास असफल भएपछि टीकापुर शिक्षालयमा पठाएझैँ काण्ड भएको छ वीरगञ्जमा पनि । कारण हो कुस्त कोशेली ।

इन्स्पेक्टर भट्टसँग सम्बन्धित अरु कर्मचारीको कनेक्सनका आधारमा हेर्दा संदिग्ध मानिससँग सम्बन्ध भएको बुझिएको थियो । त्यसपछि  कारवाही गर्नुपर्छ भनेर काठमाडौं पठाइयो । बालुवाटारको दबाबले फिर्ता भए । शुरुमा एक हप्ता काठमाडौं राखेर एक महिनाका लागि भनेर पठाइयो । एक महिना नाघ्नेबित्तिकै प्रदेशका डिआइजीले फिर्ता पठाए । तर, फेरि ‘म त हाजिर हुन आएँ सर’ भन्दै तन्किन थालेका छन् । पहिला तेजप्रसाद पोखरेललाई पनि यसरी नै तानेर फर्काइएको थियो ।  

त्यहाँका डिआइजी कसैले डिस्टर्ब नगरे लक्ष्यभन्दा १५ अर्ब बढी राजस्व उठाउँछु भन्छन् । तर, तस्कर, कालोबजारीका पक्षमा सोच्दै नसोचेका शक्तिकेन्द्रले फोन गरेर दबाब दिइँदा राजश्व लक्ष्य घटिरहेको अवस्था टड्कारो देखिन्छ । 

टिप्पणीहरू