डिभोर्स गर्दाको नागरिकता नेपाली कि अमेरिकी ?

डिभोर्स गर्दाको नागरिकता नेपाली कि अमेरिकी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जेठी श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गर्दा अमेरिकन नागरिकता हुँदाहुँदै नेपाली नागरिकता पेश गरेको पाइएको छ । सन् २०१८ को मेमा अमेरिकी भिसा क्यान्सिल गर्नुअघि लामिछानेले काठमाडौं जिल्ला अदालतमा गएर नेपाली नागरिकतासहित डिभोर्सको कागजात पेश गरेका हुन् ।

त्यसबेलासम्म लामिछानेले अमेरिकी नागरिकता त्यागेका थिएनन् । त्यतिबेला उनले नयाँ नेपाली नागरिकता पनि लिएका थिएनन् । पहिलो श्रीमतीसँग परपाचुके गर्दा पेश गरेका नेपाली नागरिकतालगायत अन्य प्रमाणले पनि अध्यक्ष लामिछाने सरकारी कागजात र फर्जी काम गरेको देखिन्छ । उनले नेपाली नागरिककै हैसियतमा पारपाचुके गरेका हुन् । उनको नागरिकतासम्बन्धी छानबिन गर्ने निकायले यतातिर पनि ध्यान दिने हो कि ?

– निर्मल आचार्य
 

टिप्पणीहरू