राती ओसारियो चोलेन्द्रको लुगाफाटा र भाँडाकुँडा

राती ओसारियो चोलेन्द्रको लुगाफाटा र भाँडाकुँडा

आजदेखि अवकाश पाउनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाका घरायसी सामान हिजो सारिएको छ । बालुवाटारस्थित सरकारी निवासमा बस्दै आउनुभएका राणाको सामान हिजो साँझ पौने ८ बजे निजी निवासमा लगिएको हो । 

उहाँ भने आज घर जाने बताइएको छ । हिजो केही सामान ट्रकमा हालेर लगिएको थियो । राणाले छाडेपछि प्रधानन्यायाधीशको निवासमा सरसफाई गरिनेछ । त्यसपछि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की त्यहाँ सर्नुहुनेछ । 

राणाको सुरक्षामा पछिल्लो समयदेखि सैनिक झिकेर प्रहरी मात्र  खटाइएको थियो । अब घर गएपछि पनि उहाँले प्रहरी सुरक्षा भने पाउनुहुने गृह मन्त्रालय स्रोतले बतायो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की भने हिजो छ सदस्यीय टोलीसहित पोखरा जानुभएको छ ।

टिप्पणीहरू