नयाँ दलहरु मुलुकविरोधी भएको र बिदेशीले जन्माएको एमाले महासचिवको आरोप

नयाँ दलहरु मुलुकविरोधी भएको र बिदेशीले जन्माएको एमाले महासचिवको आरोप

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हालैको निर्वाचनबाट उदाएका नयाँ दलहरु विदेशी शक्तिबाट परिचालित भएको आरोप लगाउनुभएको छ । उहाँले निर्वाचनमा अप्रत्यासित रुपमा विजयी राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई नेपाल विरोधी शक्तिको सुनियोजित योजनामा उदाएका दलको संज्ञा दिनुभएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र,रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति र सीके राउतको जनमत पार्टी नेपालविरोधी शक्तिको सुनियोजित योजनाबमोजिम चुनावमा आएको पोखरेलको भनाइ छ । तर उहाँले ती पार्टीलाई परिचालन गर्ने विदेशी शक्तिको बारेमा भने विस्तृत रुपमा केही खुलाउनुभएको छैन ।

टिप्पणीहरू