अध्यादेश जारी गर्न विप्लवको आग्रह तर राष्ट्रपति अनिच्छुक

अध्यादेश जारी गर्न विप्लवको आग्रह तर राष्ट्रपति अनिच्छुक

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शीतल निवास पुगेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई आग्रह गरे तापनि शीतल निवासले नागरिकता र केही नेपाल ऐन संशोधन बिधेयकजस्तै यसलाई पनि अड्काउने सम्भावना टड्कारो देखिएको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै तत्काल जारी गर्न हिजो आग्रह गर्नुभएको थियो  । 

उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गर्नुभएको छ । विप्लवका अनुसार सरकारले सिफारिस गरेको अध्यादेश नै उक्त सहमति लागू गर्ने प्रमुख कडी हो ।

तर नागरिक समाजलगायत समाजका सबै तह र तप्काले फौजदारी संहिता २०७४ मा अध्यादेशमार्फत गर्न लागिएको संशोधनको चर्को विरोध गरेका छन् ।

टिप्पणीहरू