शीतल निवासमा फेरि नागरिकताको प्रसङ्ग छेडियो

शीतल निवासमा फेरि नागरिकताको प्रसङ्ग छेडियो

महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो पनि विदेशीलाई दिइने नागरिकताको सन्दर्भ उठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न गएको टोलीले उक्त विषयमा चासो देखाएको थियो । 

दिउँसो साढे ३ बजेदेखि झण्डै ५ बजेसम्म भएको भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा नागरिकता अध्ययन कार्यदलका अध्यक्ष साध्यबहादुर भण्डारी को टोली थियो । 

टोलीमा हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहरालगायत डेढ दर्जनको सहभागिता थियो ।

टिप्पणीहरू