प्रधानमन्त्री देउवाका प्रतिद्वन्द्वीको खर्च आठ लाख

प्रधानमन्त्री देउवाका प्रतिद्वन्द्वीको खर्च आठ लाख

प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेका छन् । 

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ । उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन् । 

उनले डडेलधुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा मात्रै १ लाख २४ हजार खर्च गरेका छन् ।  सो कार्यालयको व्यवस्थापनमा ८० हजार ९११,होटल,खाना र बस्नमा २ लाख ७५ हजार १०७ र इन्टरनेट वा स्टेशनरीमा ४२ हजार १४० रुपैयाँ  खर्च गरिएको उल्लेख छ । 

त्यस्तै, प्रचारप्रसारमा १ लाख ११ हजार १२०, इन्धनमा ९० हजार ३ सय ३०, यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मतमा ५१ हजार ७८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैँया खर्च गरिएको जनाइएको छ । 

ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन् ।  उनले सामाजिक सञ्जालमार्फत सय रुपैँया दिने पाँच सय जना,सयदेखि हजारसम्म दिने नौं सय जना,एक रुपैँया दिने दुई जना र दश रुपैँया दिने आठ जना रहेको बताएका छन् । 

उनले लेखेका छन्,‘आफ्नो खाना शुध्द काटेर दिनुभएको यो पैसा खासमा पैसा नभई तपाईँहरुको माया हो ।’ उनले उक्त रकम डडेलधुराको लागि खर्च गर्ने बताएका छन् ।

टिप्पणीहरू