धराने मेयर हर्क साम्पाङ्गले दलितलाई होच्याएपछि ....

धराने मेयर हर्क साम्पाङ्गले दलितलाई होच्याएपछि ....

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले आफ्नो फेसबुक स्ट्याटसमा "बल होइन बुद्धि लगा चमारे,बुद्धि " भनेर लेखेपछि आज राष्टृय दलित आयोगले दलितहरुमाथिको घोर अपमान भन्दै आपत्ति जनाएको छ ।

उसले भनेको छ,"२०७९ मंसिर २७ गते धरानका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै "बल होइन बुद्धि लगा चमारे बुद्धि ।" भनी लेखेको पाइयो । जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरित यस्ता साम्प्रदायिक र कुनै जातप्रति (चमार) प्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भएकोले उक्त अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गर्दछौं ।"

टिप्पणीहरू