रवि लामिछानेलाई के सक्ला र सर्वोच्चले रोक्न ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेको नागरिकता विवाद सर्वाेच्च अदालतसम्म पुगेको छ । नागरिकता विवादमा मुछिएका लामिछानेलाई सांसद पदको शपथ नगराउन माग गर्दै आजै मुध्दा परेको छ ।
उनको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको मागसहित युवराज सफलले सर्वाेच्चमा रिट दायर गरेका हुन् । अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गरेको र सोही अवस्थामा उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले उनको सांसद पद र पार्टी सभापतिको हैसियत खारेज गर्न रिटमा माग गरिएको छ ।
रविको उम्मेदवारी दर्ता गरेर निर्वाचन आयोगले समेत संविधान र ऐनको गम्भीर उल्लंघन गरेको युवराजको दावी छ । संवैधानिक इजलासमा दायर गरिएको रिटमा लामिछाने,राष्ट्रिय स्वतन्त्र पार्टी,निर्वाचन आयोग,संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
टिप्पणीहरू