जर्नेलले किन लिए होलान् आफ्नै ज्यान ?

जर्नेलले किन लिए होलान् आफ्नै ज्यान ?

गत शनिबार बिहान घरैमा झुण्डिएका पूर्वजर्नेल बलदेव महत एक महिनादेखि निकै तनावमा हुनुहुन्थ्यो । उहाँका छोरा शैलेश बुद्ध एयरमा कार्यरत छन् । बुहारी पूर्वआईजीपी हेमबहादुर सिंहको भाइकी छोरी हुन् । एयरहोस्टेसको जागिर छाडेर धुम्बाराहीको मेट्रो हस्पिटलमा काम गर्न थालेकी छिन् । बाबुछोराबीच ठुस्काठुस्की चल्दै आएको थियो भने एक महिनादेखि बूढेसकालमा अधवैंशे महिलाले बाबुलाई तनाव दिन थालेपछि एउटै टेबलमा बसेर खान छोडेको अवस्था हो । 

जेठी छोरी हिमालय बैंकमा कार्यरत छिन् । सैनिक सेवामै रहेका पतिको बाहिरबाहिरै पोष्टिङ हुने भएकाले उनी प्रायःजसो माइत बस्दै आएकी छन् । उनको करिब ५ वर्षकी छोरी छिन् । अंग्रेजी फरर बोल्न सक्छिन् । उनलाई घरमै राखेर जर्नेलले काठमाडौंको लिङ्कन स्कुलकी एक जना शिक्षिका हायर गरी पढाइरहेका छन् ।

कान्छी छोरी सुदेशना महत इन्भेष्टमेन्ट बैंकमा कार्यरत छिन् । उनले अहिलेसम्म बिहे गर्न नमान्दा जर्नेल महत पीर पोख्दै हिँड्थे । यिनै कारणले गर्दा मानसिक तनावमा आएर आत्महत्या गरेको हुनसक्ने अड्कल साथीहरुले गरेका छौं । महत जर्साब छोराछोरीलाई औधी माया गर्थे ।

– बच्चु थापा
 

टिप्पणीहरू