आर्मीको हेलिकप्टर चढेर राष्ट्रपति र प्रधानमन्त्री दुइतिर

आर्मीको हेलिकप्टर चढेर राष्ट्रपति र प्रधानमन्त्री दुइतिर File Photo

हिजो गृहजिल्ला भोजपुर पुगेर साँझ काठमाडौँ फर्किनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज फेरी मोरंग उड्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टर लिएर बिहान त्यसतर्फ लाग्नुभएको हो । 

राष्ट्रपति भण्डारी बिहान साढे १० बजे ९ एन आरएएम सैनिक हेलिकप्टरमार्फत भैरवनाथ गणबाट मोरंग प्रस्थान गर्नुभएको सैनिक स्रोतले जनाएको छ । 

यता, सोही समयमा प्रधानमन्त्री शेरबहादुर देउवा धुलिखेलका लागि निस्कनुभएको छ । उहाँसहित १० जनाको टोलि सेनाको एनए-०५८ अगुस्ता हेलिकप्टरमार्फत धुलिखेल उडेको हो ।

काठमाण्डौ विश्वविद्यालयको बार्षिकोत्सव समारोहमा सामेल हुन प्रधानमन्त्री धुलिखेल जानुभएको बताइएको छ ।

टिप्पणीहरू