चुनावको परिणाम राष्ट्रपतिको हातमा

निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । 

हिजो पत्रकार सम्मेलन गरेर परिणाम सार्वजनिक गरेको आयोगले आज राष्ट्रपतिलाई प्रतिवेदन पेश गरेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताउनुभयो । निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उहाँले निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदातालाई धन्यवाद दिनुभयो ।

टिप्पणीहरू