प्रचण्ड भेट्न एक टोली खुमलटारमा

प्रचण्ड भेट्न एक टोली खुमलटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न एक टोली खुमलटार पुगेको छ । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्य त्यता गएका हुन् । 

बिहान १० बजेर १० मीनेटमा प्रचण्ड निवास छिरेको उक्त टोली एक घण्टा लामो छलफल सकेर केही बेरअघि त्यहाँँबाट बाहिरिएको छ । 

प्रधानमन्त्रीको दाबी गर्दै आएका प्रचण्ड र उक्त टोलीबीच आगामी सरकारको विषयमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू