एमाले पत्रकार सँगठनद्वारा माननीयहरुको सम्मान

एमाले पत्रकार सँगठनद्वारा माननीयहरुको सम्मान

प्रेस चौतारी ललितपुरले नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रम शुरु गरेको छ।

जिल्ला समितिले आयोजना गरेको उक्त कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोको युनिट फुड क्याफे हलमा शुरु भएको हो ।

कार्यक्रमको अध्यक्षता  जिल्ला अध्यक्ष बालमकुन्द आचार्यले गर्नुभएको छ भने  प्रमुख अतिथि  केन्द्रीय अध्यक्ष  गणेश बस्नेत र विशेष अतिथिति एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य हुनुहुन्छ ।

कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मधुसुदन पौडेल,क्षेत्र नम्बर २का प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन,प्रदेश सभा सदस्य क्षेत्र नम्बर. २ (क) का रामेश्वर श्रेष्ठ,प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (क) रघुनाथ महर्जन,क्षेत्र नम्बर ३(ख) प्रेमभक्त महर्जन,समानुपातिक अप्सरा चापागाई,प्रेस चाैतारी केन्द्रीय सदस्य सीता पाेखेरललगायत  ३० जनाको उपस्थिति रहेको छ ।

टिप्पणीहरू