सांसदले शपथ नखादै संसद सचिवालयमा कर्मचारीको जमघट

सांसदले शपथ नखादै संसद सचिवालयमा कर्मचारीको जमघट

संघीय संसद् सचिवालयले १६औं ‘संसद् सेवा दिवस’ मनाइएको छ । सचिवालयको प्राङ्गणमा विशेष समारोह गरि दिवस मनाइएको हो । 

समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, सचिवालयका महासचिव भरतराज गौतमलगायतको उपस्थिति थियो । 

त्यस्तै, प्रतिनिधिसभा सचिव गोपालनाथ योगी, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल, सचिवालय सचिव सुदर्शन खड्कालगायत एक सय बढीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

टिप्पणीहरू