एभरेष्टको लाभांश पारित

एभरेष्टको लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको २८ औं वार्षिक साधारण सभाले लाभांश घोषणा गरेको छ । शेयरधनीहरुलाई चालु आर्थिक वर्ष २०७८–०७९ का लागि १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

त्यस्तै, साधारण सभाले आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब, सो अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । बैंकको अधिकृत पूँजी एक हजार करोडबाट वृद्धि गरी एक हजार ५०० करोडमा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ । 

बैंकको सात प्रतिशत ‘कन्भरटेबल प्रिफिरेन्स सेयर’ साधारण सेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरणपश्चात् हाल जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने बताइएको छ । 

साथै, आव २०७९/८० को लागि एनअमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टसलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मानित पारित गरिएको छ ।

टिप्पणीहरू