सोविताको चुनाव खर्च जम्मा तीन लाख
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सोविता गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छन् । गौतमले सार्वजनिक गरेको विवरणमा जम्मा ३ लाख ७१ हजार खर्च गरेको जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा बुझाएको विवरणअनुसार गौतमले मतदाता नामावली खरिदमा ३० हजार, सवारीसाधनमा ७८ हजार, सवारी इन्धनमा ६२ हजार ५०५, प्रचारप्रसारमा ४६ हजार ५ सय खर्च गरेकी छन् ।
त्यस्तै, ढुवानीमा ५ हजार, गोष्ठीमा ८० हजार ९९५, कार्यालय सञ्चालनमा ३५ हजार, प्रतिनिधि परिचालनमा १५ हजार, अन्य प्रचारप्रसार, छापा एंव विद्युतीय माध्यममा २० हजार र विविधिमा २५ हजार खर्च गरिएको उल्लेख छ ।
टिप्पणीहरू