बिहान राष्ट्रपतिलाई प्रतिवेदन बुझाएर लैनचौर पुगेको निर्वाचन आयोगको टोलि साँझ बालुवाटारमा

बिहान राष्ट्रपतिलाई प्रतिवेदन बुझाएर लैनचौर पुगेको निर्वाचन आयोगको टोलि साँझ बालुवाटारमा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रतिवेदन प्रधानमन्त्री बुझाएको हो ।

आयोगको टोलीले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावी परिणामको प्रतिवेदन बुझाएको थियो । निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । दिउँसो लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर आयोगका पदाधिकारीहरुले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेटेका थिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले  प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप तथा यसका चुनौतीबारे उपराष्ट्रपतिलाई अवगत गराएका थिए । 

तीनवटै भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियासँगै आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल सहभागी थिए ।

टिप्पणीहरू