ग्लोबल र बिओकेको निवेदन गर्भनरको हातमा

ग्लोबल र बिओकेको निवेदन गर्भनरको हातमा

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जरसम्बन्धी अन्तिम स्वीकृतिको निवेदन नेपाल राष्ट्र बैंकमा पेश गरेका छन् । 

ग्लोबलका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले गर्भनर महाप्रसाद अधिकारीलाई आज संयुक्त निवेदन बुझाएका हुन् । दुई वित्तीय संस्थाबीच मर्जर प्रयोजनका लागि २०७९ असोज २ गते प्रारम्भिक तथा गत कात्तिक २८ गते अन्तिम सहमति भएको थियो । 

मर्जरका निम्ति शेयर स्वापअनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । मंसिर २३ गतेको साधारण सभाले त्यसलाई पारित गरेको थियो ।

टिप्पणीहरू