‘बा’का ‘प्रियहरु गोकुलकोमा बाक्लै

‘बा’का ‘प्रियहरु गोकुलकोमा बाक्लै

पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई निवासमै पुगेर बधाई दिने नेता,कार्यकर्ताको ओइरो छ । महेश बस्नेत कतार गएर विश्वकप फुटबलतिर रमाउन थालेपछि एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका गोकुलचाहिँ काभ्रे–२ बाट फेरि निर्वाचित भएकोमा बधाई थापिरहेकै छन् । भक्तपुरस्थित बाँस्कोटाको निवासमा पार्टीका केन्द्रीय सदस्य, व्यापारी,युवा संघ र अनेरास्ववियुका नेता,कार्यकर्ता खादा र मिठाइ बोकेर गइरहेका छन् । एमाले केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेत्री नवीना लामादेखि अनेरास्ववियुका सचिव गोविन्द गिरीसम्म उनको दैलो पुग्नेमा पर्दछन् । ‘बा’ प्रचारक तथा विद्यार्थी नेत्री अस्मिता थापा आफू एकाबिहानै एक बक्सा मिठाइ लिएर बाँस्कोटालाई भेट्न निवासमै पुगेको बताउँछिन् । चुनाव जितेयता उनी घरबाहिर खासै निस्किन पाएका छैनन् । बेलुकी बेलुकी बालकोट गएर केपी शर्मा ओलीलाई आफू आजभोलि निकै व्यस्त भएको रोचक कहानी सुनाउँछन् । कतिपयलाई आफै फोन गरेर निवासमा भेट्न बोलाउँछन् ।

टिप्पणीहरू