खुमलटारमा नारायणकाजी, बालुवाटारमा गृहमन्त्री

खुमलटारमा नारायणकाजी, बालुवाटारमा गृहमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गर्न नेता नारायणकाजी श्रेष्ठ खुमलटार पुग्नुभएको छ । 

सरकार गठननिम्ति अर्को हप्ताको शुरुमै शीतल निवासबाट आह्वान हुन लागेको बेला पार्टी अध्यक्ष प्रचण्डसंग आगामी समीकरणबारे छलफल गर्न उहाँ त्यता लाग्नुभएको हो । केही बेरअघि खुमलटार छिर्नुभएका नेता श्रेष्ठ र प्रचण्डबीच भेटवार्ता भइरहेको छ । 

यता,बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच झण्डै एक घण्टा लामो छलफल भएको छ । बिहान १० बजेर ५ मीनेटमा बालुवाटार छिर्नुभएका गृहमन्त्री खाँण ११ बजे निस्किनुभएको थियो ।

टिप्पणीहरू