सिंहदरबारमा सम्पत्ति शुध्दिकरणसम्बन्धी सचिवहरुको बैठक भर्खर सकियो

सिंहदरबारमा सम्पत्ति शुध्दिकरणसम्बन्धी सचिवहरुको बैठक भर्खर सकियो

मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा सिंहदरबारमा बसेको सम्पत्ति शुध्दिकरण राष्ट्रिय समन्वय समितिको बैठक सकिएको छ । 

बिहान १० बजेदेखि चलेको बैठक भखरै समापन भएको हो । बैठकमा प्रधानमन्त्री कार्यालयका कानून सचिव धनराज ज्ञवाली,अख्तियारका सचिव डा.रामप्रसाद घिमिरे,परराष्ट्र सचिव भरतराज पौडेल,कानुन मन्त्रालयका सचिव उदयराज सापकोटालगायतको उपस्थिति थियो ।

त्यस्तै,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, सहायक रथि नकुल रायमाझी, अनुसन्धान निर्देशक भीम बुढाथोकी र विदेशी प्रतिनिधिसहित सात दर्जनको बैठकमा सहभागिता थियो ।

टिप्पणीहरू