हाकिम विना हाजिर तलव बुझ्ने,पालिका प्रमुख हाम्रै ज्वाईं भन्दै गल्ती छोप्ने
सरकारी कार्यालयामा धेरै खटेर काम गर्ने कर्मचारीहरु सायद कम नै भेटिने गर्छन् । कुनै काम लिएर सरकारी गयो भने दिनभर लाइनमा बस्दा यहाँ जानुस् र उहाँ जानुस् भन्दै हैरान पार्ने गरेको दुखेसो धेरैबाट सुनिन्छ ।
यस्तै,भएको छ रामेछापको खाँडादेवी गाउँपालिकामा । प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेलाई विना हाजिरी नै तवल बुझ्ने गरेको आरोप लागेको छ। कर्मचारीको हाजिर प्रमाणित गर्नुपर्ने अधिकृत लामिछानेले ५ महिनादेखि बिना हाजिरमा तलव बुझिरहेको स्रोतले बताएको छ । लामिछाने मात्र नभई यही आरोप सोही पालिकाका सूचना अधिकारी ओमप्रकाश लगायत स्वास्थ्यका कर्मचारीहरुलाई पनि लागेको छ।
उक्त बिषयमा पालिका प्रमुख ज्ञानकुमार श्रेष्ठसँग बुझ्दा गल्ती भए पनि हदैसम्म चाँहि नभएको बताए । "अधिकृत लामिछाने मेरो त ज्वाई नाता पर्छ । काम गर्ने मान्छे हुन् । खटेर काम गर्छन् । चुनावको बेला खटिदा यता कार्यालय आउन पाएनन् । एक महिनाजति चाँहि बाहिरी कामले गर्दा नै आएनन् ।"–प्रमुख श्रेष्ठले भने ।
पाँच महिनासम्म पनि कामैले गर्दा पालिकामा हाजिर नभएको हो त ? भन्ने प्रश्नमा श्रेष्ठले अक्मकिदै भने, "सबैलाई थाहा भइसक्यो । म झुट्टा बोल्दिन,यहाँका कर्मचारीको गल्ती छैन भन्दिन,छ। पहिला काम नगर्ने,अल्छी पनि गर्थे । कतिलाई मैले गाली गरेको छु । आज पनि मिटिङ राखेको छु । अब कडाइ गर्छु ।"
पहिला धेरै गल्ती छैन भन्ने प्रमुखले पछि मिडियासँग झुट्टो बोल्दिन भन्दै कर्मचारीको गल्ती स्वीकार गरे भने उता अधिकृत लामिछानेलाई पटक-पटक फोन गर्दा बोल्न चाहेनन् ।
टिप्पणीहरू