बिहारका मुख्यन्यायाधीश काठमाण्डौमा,कुलमान पनि फिर्ता

बिहारका मुख्यन्यायाधीश काठमाण्डौमा,कुलमान पनि फिर्ता

 छिमेकी देश भारतको बिहार राज्यका मुख्य न्यायाधीश सन्जय करोल नेपाल आउनुभएको छ । उहाँ हिजो दिउँसो बुध्द एअरको उडान नम्बर BHA-502 बाट जनकपुर हुँदै काठमाण्डौ आइपुग्नुभएको हो ।

उहाँसङ्ग अरु ४ जना पनि सङ्गै भएको परराष्ट्र मन्त्रालयका नायव  शिस्टाचार महापाल रेवती पौडेलले जनआस्थालाई बताउनुभयो । उता हिजै ईन्डिगाे एयरको उडान नम्बर 6E031 मा दिल्लीबाट ऊर्जा,जलस्रोत तथा सिन्चाइ सचिव दिनेशकुमार घिमिरे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि काठमाण्डौ फर्कनुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभएको छ ।

टिप्पणीहरू