महासंघको बीआईएस पोर्टलमा लाखौं व्यवसायीको विवरण

महासंघको बीआईएस पोर्टलमा लाखौं व्यवसायीको विवरण
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक शुरुवात गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बीआईएस प्रणालीको उद्घाटन गरेका हुन् । यो प्रणाली महासंघका सदस्यहरुको डाटावेस, अध्ययन, अनुसन्धान र कार्यालय व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ । 

अब सम्पूर्ण सदस्यको जानकारी महासंघका सदस्यहरुले समेत प्रयोग गर्नसक्ने छन् । हाल महासंघमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब छ लाख व्यवसायी आबद्ध छन् । महासंघका अनुसार ती सदस्यको विवरण उक्त प्रणालीमा राखिएको छ ।

यसैगरी, नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने जनाइएको छ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्याङ्क तथा प्रकाशन सर्वसाधारणको पहुँचमा समेत रहनेगरी प्रणाली बनाइएको हो ।

अध्यक्ष ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए । बीआईएस पोर्टल महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजीले तयार पारेको हो ।

टिप्पणीहरू