कहाँको एकनाथ, कहाँको दिव्यध्वज

कहाँको एकनाथ, कहाँको दिव्यध्वज

‘आफ्ना’ लाई पराई र ‘पराई’ लाई ‘धेरै–धेरै’ को नीति लिएको भन्दै पुराना थुप्रै एमाले नेता विरक्तिएका छन् । पूर्वपञ्च र हिन्दूवादीको भोट तान्न कमल थापालाई सूर्य चिह्न दिइँदा र क्रिश्चियनको मन र मनीरूपी सहयोग जुटाउन समानुपातिकबाट एकनाथ ढकाललाई सांसद बनाइँदा विरक्तिएका एमालेहरू पहिले पठाइएको आफ्नो नाम हेर्दैै ‘नेतृत्वले चाहेको भए बनाउन सक्थ्यो’ भन्न थालेका छन् । एमालेको उपत्यका विशेष प्रदेश (पेशागत) का अध्यक्ष प्रेमकुमार पराजुलीको नाम खस–आर्यतर्फ १३औं नम्बरमा थियो । सतप्रतिशत निर्वाचित हुँदामात्रै पर्ने गरी उनका नाम हालिँदा दूरसञ्चारका पूर्वकर्मचारी कूलबहादुर आचार्यको नाम ९ मा रह्यो । प्रेमप्रसादकै कमिटीका उपाध्यक्ष तथा जिफन्टका नेता विदुर कार्कीको नाम अगाडि थियो, ११ मा । अनि, कृष्णगोपाल श्रेष्ठकी पत्नी वीना, सालो विनोदपछि साली विमला पनि यसचोटि समानुपातिकमा पर्दा त्याग गरेका अरु थुप्रै महिला काठमाडौंबाट समेटिएनन् । 

भनिन्छ, एमालेले यसचोटि हिन्दूत्व पक्षधरको मत आर्जनका निम्ति राप्रपासँग तालमेल ग¥यो भने इशाई (क्रिश्चियन) समुदायको मतमार्फत् पार्टी विभाजनको क्षति घटाउन एकनाथलाई च्याप्यो । एकनाथ गोरखाका बासिन्दा हुन्, तर उनको प्रभाव क्षेत्रचाहिँ चितवन हो । त्यहाँको माडीमा मात्रै ३० चर्च, चार हजार क्रिश्चियन छन् । राजकुमार महतो त्यहाँका मुख्य हर्ताकर्ता हुन् । कुरिनघाटदेखि मुग्लिङका डाँडापाखा रहेको इच्छाकामना गाउँपालिकास्थित चर्चका पास्चर सूर्यबहादुर परियार हुन् । त्यहाँ २७ चर्च र २७ सय क्रिश्चियन छन् । रवि लामिछानेले बढी मत पाएको कालिका नगरपालिकामा ६६ चर्च र २० हजार क्रिश्चियन छन् । रत्ननगरमा लेखबहादुर ठकुरी चर्चका मुली । त्यहाँका ३२ चर्चमा २५ हजार क्रिश्चियन आबद्ध छन् । राप्तीमा गणेश तामाङ पास्चर हुन्, ९५ चर्च र ५ हजार क्रिश्चियन छन् । खैरहनीमा तीर्थ गरम पास्चर हुन् भने त्यहाँ ४६ चर्चसहित ६५ सय क्रिश्चियन छन् । भरतपुरको हर्ताकर्ता किरण खाती हुन्, जहाँ ८० चर्च र ८५ सय क्रिश्चियन छन् । यीबाहेक देशका विभिन्न भागमा रहेका चर्चबाट समानुपातिक मतका लागि योगदान पु¥याएबापत एकनाथलाई ‘सांसद उपहार’ दिइएको एमालेबृत्तमा चर्चा छ ।

यसरी एकाएक एमाले रिङमा एकनाथ छिर्दा दोलखाका दिव्यध्वज कार्की ठहरै भए । त्यहीँबाट केपी ओलीले भाञ्जा भन्ने बालकृष्ण शिवाकोटीले प्रत्यक्षमा चुनाव हार्नु, पार्टीका निकै पुराना नेता दिव्यध्वजमाथि एकनाथबाट कैंची चल्नुको संयोग देखिएको छ । यस्तो भएपछि रुष्ट भएका दिव्यध्वज अहिले फेसबुकबाट असन्तुष्टि पोख्दैछन् । उनले सोमबार आफ्नो वालमा लेखेका छन्, ‘कति गजब !!! अपराधी ख्रिस्तानीलाई देशभक्त; जनप्रेमी; सँस्कृति; सभ्यता; भाषा भेषभुषाका संरक्षक पूजक नेकपा एमालेले के म्लेच्छ ख्रिस्तानीलाई समानुपातिकमा सम्मान दिएकै हो ??? त्यसको योगदान मातृभूमिप्रति छ र ?? नत्र के आधार ?? छ ? र दिएकै  हो भने भावपूर्ण श्रद्धाञ्जली छ !!! यो ५१ हजार सर्वश्रेष्ठ जीवात्मा हत्या गर्नेभन्दा ठूलो अपराध हो !!!!!!!ःःःः म दिव्यध्वज कार्की क्षत्री; दोलखाको तर्फबाट । जय आमा नेपाल, हे पशुपतिनाथ ! यो शैव; बैष्णव र बुद्ध विजभूमिलाई विधर्मी म्लेच्छ र उसका अनुयायीबाट बचाऊ ः हर ! हर !! महादेव !!! पशुपति नाथकी जय...!’
 

टिप्पणीहरू