आईएमई रेमिट्यान्स र एसबीआईले भुक्तानी सहज बनाउने

आईएमई रेमिट्यान्स र एसबीआईले भुक्तानी सहज बनाउने

रेमिट्यान्स भुक्तानीलाई थप सहज बनाउने उद्देश्यले आईएमई रेमिट्यान्स र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । 

आईएमईमार्फत् पठाइएको रकम बैंकको जुनसुकै शाखाबाट निकाल्न मिल्ने व्यवस्था गरिएको छ । सम्झौताअनुसार अब आईएमईका जुनसुकै शाखाबाट पठाइएको रकम बैंकको जुनसुकै शाखाबाट भुक्तानी लिन सकिनेछ । 

सम्झौतामा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू