महासचिवलाई अबचाहिँ महाभारत
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई नयाँ संसद्मा दौरा–सुरुवाल लगाएर राष्ट्रिय गान गाउन नैतिकताका दृष्टिकोणले निकै अप्ठ्यारो हुने भएको छ । महाभियोग प्रकरणमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई अदालत फर्काउने खेल असफल भएपछि उनलाई यस्तो संकट आइलागेको हो ।
सरकार, सर्वोच्च र स्वयं संसदका कसैको सामु पनि लालगालका कारण मुख देखाउन नसकी महासचिव गौतमले अबको संसद अधिवेशनमा अनुपस्थित भए वा पहिले नै राजीनामा दिएको अवस्थामा सचिवलाई कार्यवाहक दिएर काम चलाउनुपर्ने अवस्था सिर्जना हुनसक्छ । राष्ट्रियसभा अध्यक्ष र नयाँ सभामुखको सहमतिमा महासचिव बनाउनुपर्ने हुन्छ । तत्कालका लागि यो सम्भव देखिँदैन । किनभने राष्ट्रिय सभा अध्यक्षले एमालेको लाइन नछाड्ने भएकाले तत्कालै अर्को महासचिव नियुक्त गर्न गाह्रो हुन्छ । यसले गर्दा पनि संकट निवारणका लागि सचिवको विकल्प देखिएको बताइन्छ ।
मनोहर भट्टराई घर गएपछि तत्काल महासचिवको पदपूर्ति नहुँदा सचिव गोपाल योगीले करिब तीन महिना कार्यवाहक चलाएका थिए । तत्कालीन अवस्थामा गौतमलाई महासचिव बनाउन माओवादी केन्द्रका केही नेताले समेत राम्रै लबिङ गरेका थिए । त्यसो गर्नेमा यशोदा सुवेदी, रेखा शर्मा र गण्डकी प्रदेशका अधिकांश नेता रहेको प्रष्टै छ । उनीहरूले प्रचण्डलाई कन्भिन्स गरेर बल्ल एमाले नेता ओलीसमक्ष प्रस्ताव लगेका हुन् । तर खासमा उनी एमालेकै भित्रिया रहेको विभिन्न गतिविधिबाट पुष्टि भैसकेको छ ।
अहिले संसद्मा आएका सबै दलको व्यवस्थाका लागि चाहिने बजेट सरकारसँगै माग्नुपर्ने हुन्छ । तर, सरकारकै विरोधमा उनले कसरी यी सबै काम सम्पन्न गर्न सक्लान् भन्ने शंका उठेको छ । ०७४ सालको निर्वाचनमा भाग लिएकामध्ये ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए भने अहिले १० वटा दलको संसदमा सशक्त उपस्थ्तिि देखिएको छ । नयाँ थपिएका दलका लागि कार्यालय र कर्मचारी व्यवस्थापन गर्नैप¥यो । यसका लागि सरकारसँग थप बजेट माग्नुपर्ने भएको छ ।
नयाँ दलका नेता र तिनका सचेतकलाई नयाँ गाडीको पनि प्रबन्ध गर्नुपर्ने छ । यी सबै काम गर्न बजेट चाहिन्छ, भन्नेबित्तिकै महासचिव गौतमलाई खुरुक्क निकासा दिन सरकार राजी हुने अवस्था देखिँदैन । यसले गर्दा उनी असफल छ । नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार चलाएका एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई खुशी पारेर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सर्वोच्च अदालत र न्यायाधीशहरूका लागि अर्बाैंको सुविधा हात पारेका थिए । गौतमले यो सबै काम फत्ते गर्न सक्ने देखिन्न ।
– रामकृष्ण गिरी
टिप्पणीहरू