विदेशका निम्ति नियुक्ति धमाधम
चुनावकै बीच विदेशका लागि धमाधम नियुक्ति भइरहेका छन् । धनीमानी र प्रायः मारवाडी मूलका व्यापारीहरुलाई विभिन्न देशको अवैतनिक महावाणिज्यदूत बनाइने प्रचलनअनुसार सिटिजन्स बैंकका प्रवलजंग पाण्डे रुवाण्डाका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपका छोरा प्रवलसँगै नक्सालको मेरियट होटलका मालिक शशीकान्त अग्रवालका छोरा गौरवले पनि अवैतनिक महावाणिज्यदूतको नियुक्ति पाएका छन् । त्यस्तै, उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष भवानी राणा ट्युनिसियाका लागि अनररी कन्सुल जनरल भएकी छन् भने पोल्याण्डको वार्सामा बसोबास गर्ने डा.बोधराज सुवेदी अर्को कार्यकालका लागि नेपाली वाणिज्यदूत नियुक्त गरिएका छन् ।
त्यस्तै, नेपाल आउन लागेका चिनियाँ राजदूत छन सोङको एग्रीमो परराष्ट्रले गृहको स्क्रिनिङ र प्रधानमन्त्रीको अनुमोदनसँगै बेइजिङ पठाएको छ । उनी हप्ता दिनभित्र काठमाडौं आइपुग्ने सम्भावना छ । अमेरिकाको कार्यकाल सकाएर पाकिस्तानबाट आउने नयाँ राजदूत अब्रार हास्मी भने केटाकेटीको पढाइको बन्दोबस्त मिलाएर दुई महिनापछि आउने प्रोटोकल डिभिजनका रेवती पौडेलले बताए ।
टिप्पणीहरू