गभर्नर अधिकारी डडेल्धुराको उग्रतारा मन्दिरमा

गभर्नर अधिकारी डडेल्धुराको उग्रतारा मन्दिरमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन गर्नुभएको छ । उहाँ हिजो दिउँसो काठमाडौंबाट धनगढी हुँदै त्यता जानुभएको थियो ।

दार्चुला जाने क्रममा उहाँ हिजो साँझ डडेलधुरा गएर बस्नुभएको बताइन्छ । दिउँसो सवा २ बजे अधिकारी बैंकका कार्यकारी निर्देशकसहित काठमाडौंबाट श्री एयरलाइन्सको नियमित उडानमा धनगढी जानुभएको हो । 

धनगढीस्थित बैंकका निर्देशकसहित गर्भनरको टोली दार्चुलातर्फ गएको बताइन्छ । उहाँ शनिबार राजधानी फर्कने कार्यक्रम छ । आइतबार सार्वजनिक बिदा भएकाले सोमबार अर्को एउटा कार्यक्रमको निम्ति पोखरा जाने र मंगलबार फर्केपछि बुधवारदेखि नियमित कार्यालय जाने स्रोतले बतायो । 

गभर्नर अधिकारीको टोली वित्तीय साक्षरता र डिजिटल भुक्तानीसम्बन्धी कार्यक्रममा भाग लिन दार्चुला गएको हो ।

टिप्पणीहरू