देउवा जिल्ला नगएको भए के हुन्थ्यो ?

देउवा जिल्ला नगएको भए के हुन्थ्यो ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरामा चुनावका बेला समय नदिएको भए सागर ढकालले जित्ने अनुमान गर्न थालिएको थियाे ।  सुरक्षा अधिकारीहरूले डडेल्धुरामा धेरै बस्न आग्रह गरेपछि मात्र उनी तयार भएका थिए । त्यसपछि उनले सातवटै पालिकामा आमसभा पनि गर्न भ्याए । धेरै जस्तोमा त हेलिकोप्टरमै गए ।

देउवा ७० हजार मत खस्ने र माओवादी तथा समाजवादीको पनि सहयोग भएकाले इतिहासमै सबैभन्दा बढी ५० हजार मत पाउने विश्वासमा थिए तर मतै ५० हजार आसपास मात्रै खस्यो । त्यसैमा स्वतन्त्र उम्मेदवार सागर ढकालले अपेक्षा गरेको भन्दा बढी १३ हजार ४२ पाए । देउवाले सागरभन्दा १२ हजार ४९२ बढी अर्थात् २५ हजार ५३४ मात्रै ल्याएका छन् ।

अहिले देउवा डडेल्धुरा नबसेको भए सागरले जित्ने थिए भन्ने अनुमान गर्न थालिएको हो । सागरलाई प्रचारमा गाउँ जानसमेत अघोषित नाकाबन्दी लगाइएको थियो । एमालेको समर्थनमा उठेका बिपी कांग्रेसका कर्ण मल्ल, सधैँ देउवा जिताउन भूमिका खेल्ने एमालेकै विक्रमबहादुर शाही, राप्रपा र जनता समाजवादीका उम्मेदवार चुनाव नलडेको भए पनि देउवा हार्ने थिए भन्ने अनुमान गर्न थालिएको छ ।

अर्को पक्षले भने बाँडेको पैसा अगुवाले नै हजम पारेपछि मतदाता रिसाएर देउवाले कम मत पाएको दावी गर्ने गरेको छ । सोही पैसा सबै ठाउँ नपुगेकोले स्वतन्त्र लडेका डा. तारा जोशी प्रदेश सभामा झिनो मतले विजयी भएको बताइन्छ ।

प्रदेश क मा पनि एमालेका पठानसिंह बोहरा जित्ने अवस्थामा थिए तर कमाउन जान्ने, खर्च नगर्ने प्रवृत्तिले माओवादीका खगराज भट्टसित पराजित भएका छन् । बोहराले तीन वर्ष प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए भने सबैभन्दा बढी कमाउने मन्त्रीमा गनिन्छन् । उनका स्वकीय सचिव केशवराज अवस्थीले पनि दुईवटा स्थानीय निर्वाचनमा पराजय भोग्नुपरेको छ । बोहोराको पालामा खोला नभएका ठाउँमा समेत सिँञ्चाइ र खानेपानी योजना परेका थिए ।
 

टिप्पणीहरू