छिर्के हान्ने कि साँच्चै सेना धान्ने ?
एक जना सैनिकलाई हनुमानढोकास्थित रणचण्डी दलको ग्यासिजनमा पठाएर निगरानीमा राखिएको छ । उनलाई छाउनीस्थित फस्र्ट क्लास स्कूलमा ड्यूटी बसेका बेला माथिल्लो तलामा गई पासो लाग्न ठिक्क परेका रमनलाई गस्तीले भेटेपछि डोरी काटेर जोगाएको थियो । मनोवैज्ञानिक असरबाट जोगाउँदै सहज सैनिक जीवनतर्फ उत्प्रेरित गर्न उनलाई हनुमानढोका ल्याएर निगरानीमा राखिएको हो ।
अधिकृतबाहेक तल्लो दर्जामा सोझै भर्ना हुनेहरूको निम्ति काठमाडौंको छाउनीस्थित शिक्षण पक्षमा उनी कार्यरत थिए । उनले भाइटिकाको अघिल्लो दिन आत्महत्याको प्रयास गरेका हुन् । गोर्खा घर भएका उनको आफ्नै श्रीमतीसँग भनाभन भएपछि घाँटीमा पासो कस्न लागेको बताइन्छ ।
टिप्पणीहरू