ढल्केबर गाउँको भाले भुसुक्कै

ढल्केबर गाउँको भाले भुसुक्कै

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबर गाउँमा दैनिकजसो कुखुराको भाले चोरी हुन थालेको छ । मृत्यु भइसकेका पूर्ववडाध्यक्ष युवराज उप्रेतीको घरबाट भाले चोरीको श्रृंखला शुरू भएको उनकी श्रीमती राधाले बताइन् । छिमेकी माओवादी केन्द्रका स्थानीय नेता शिव बस्नेतको पनि भाले चोरी भएको छ ।

त्यस्तै यही गाउँका माओवादी मिथिला नगर कमिटी सचिव मेघबहादुर सेञ्चुरीको पनि भाले चोरिएको छ । सेञ्चुरीकै छिमेकी वन कर्मचारी सन्तु लोहागुनको भने भाले र पोथी दुबै हराएको छ । त्यस्तै बिष्णु बस्नेत,कृष्ण बस्नेतको पनि भाले चोरी भएको छ । स्थानीय युवा शम्भु घिमिरे भन्छन् –‘चोरले गाउँभरिको भाले भुसुक्कै पार्याे । दैनिकजसो खोरबाट कुखुरा चोरी हुनथालेपछि गाउँले हैरान छन् । ’

 

टिप्पणीहरू