जुम्लाका कुँवर बूढाबूढीको काण्ड, माओवादीमा होला त शान्त ?

जुम्लाका कुँवर बूढाबूढीको काण्ड, माओवादीमा होला त शान्त ?

कर्णाली प्रदेश, जुम्ला जिल्लामा माओवादीलाई ध्वस्त बनाउन कुँवर दम्पती क्रियाशील भएको आरोप लाग्न थालेको छ । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाहीबाट हारेपछि गोमा कुँवर र उनका पति मिलेर इमान्दार कार्यकर्तालाई अन्तर्घाती भन्दै कारबाही गर्न पेरिस डाँडामा सिफारिस गर्न थालिएको छ ।

कारबाहीको लागि सिफारिस भएकाहरूमा पूर्वजिल्ला इञ्चार्ज गजेन्द्र महत र पत्रकार मनऋषि धिताललगायत छन् । कुँवरका श्रीमानलाई स्थानीय चुनावमा तातोपानी गाउँपालिकाको अध्यक्षमा अन्तर्घात गरेर हराएको आरोप लगाउँदै यसअघि नै केही जिल्लास्तरीय नेतामाथि कारबाही गरिसकिएको छ । 

पार्टीका तर्फबाट समानुपातिकमा छिरिङ लामा छनोट भएपछि झनै असन्तुष्टि चुलिएको छ । एक वर्षअघि मात्रै माओवादी बनेकी छिरिङलाई लामालाई पूर्वसभामुख कृष्णबहादुर महरासँग चोचोमोचो मिलाएकै भरमा समानुपातिक सिटमा राखिएको दाबी स्रोतले गरेको छ । 
 

टिप्पणीहरू