स्मार्ट क्युआरमार्फत भुक्तानीमा एक्सप्रेसको छुट, आईएमईपेलगायत एप आवद्ध

स्मार्ट क्युआरमार्फत भुक्तानीमा एक्सप्रेसको छुट, आईएमईपेलगायत एप आवद्ध

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अतिरिक्त छुट पाउने भएका छन् । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्मार्टच्वाईस टेक्नोलोजिज (स्मार्ट क्युआर) र काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) ले सहकार्य गरेको हो । 

यस छुट अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गरेमा १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म अतिरिक्त छुटन पाउने छन् । यो अफर आगामी पुस २० गतेसम्म लागु रहनेछ । ग्राहकले यो अवधिभर नौं सय रुपैयाँसम्म छुट लिन सक्नेछन् । 

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले एक्सप्रेस सुपरमार्केटका सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानीमा छुट पाउन सक्छन् । आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया बैंक, नमस्ते पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एपमार्फत भुक्तानी गर्न सकिनेछ ।

टिप्पणीहरू